ग्रामीण विकास लघुवित्तले बोलायो सधारण सभा, कहिले ?

२ बर्ष अगाडि

काठमाडौं - ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैठौं वार्षिक साधारण सभा बोलाएको छ । सभा भदौ ५ गते हुने भएको छ । 

सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।

सभाले संस्थापक समूह अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र शेयर सदस्यहरुबाट प्रतिनिधित्व हुने गरी आपसी समझदारीबाट मनोनित वा निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने, सर्वसाधारण समूह अन्तर्गत शेयरधनीहरु मध्येबाट निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका साउन २५ गतेदेखि भदौ ५ गतेसम्म बन्द हुनेछ । साउन २४ गतेसम्मका कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया