श्रृजनशील लघुवित्तले ६ करोड ५ लाख नाफा कमायो

२ बर्ष अगाडि

काठमाडौं - श्रृजनशील लघुवित्त वित्तीय संस्थाले गत आवको चौथौ त्रैमासिक सम्ममा ६ करोड ५ लाख नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथौ त्रैमासिक सम्ममा वित्तीय विवरणले यस्तो देखाएको हो । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीले अघिल्लो आवमा कम्पनीको नाफा १ करोड ३७ लाख ८१ हजार ऋणात्मक थियो । गत आवमा खुद ब्याज आम्दानीमा वृद्धि भएको र ४६ लाख ९० हजार खराब कर्जा उठाएकाले कम्पनीको नाफामा सुधार आएको हो । 

कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ६६ प्रतिशतले वृद्धि भएको छ । गत आवमा  ९ करोड ३५ हजार खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीको नाफा गत आवमा वृद्धि भएर १४ करोड ९५ लाख २६ हजार पुगेको हो । 

चुक्तापूँजी ७ करोड रहेको उक्त कम्पनीले जगेडा कोषमा ९ करोड २१ लाख सञ्चित गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ८ करोड ७९ लाख बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ६८ करोड १९ लाख ९९ हजार निक्षेप संकलन गरेर १ अर्ब ८१ करोड ६२ लाख ६८ हजार कर्जा लगानी गरेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया