अपर चौरीखोला हाइड्रोपावर आयोजनामा दुई बैंकले संयुक्त लगानी गर्ने, कुन-कुन ?

२ बर्ष अगाडि

काठमाडौं - अपर चौरीखोला हाइड्रोपावर आयोजनामा दुई बैंकले वित्तिय व्यवस्थापन गर्ने भएका छन् । कर्णाली जलस्रोत लिमिटेड माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा।लि। र राष्ट्रिय वाणिज्य बैंक साथै कृषि विकास बैंकबैंकबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

काभ्रे र सिन्धुपाल्चोकको बीचमा रहेको चौरीखोला बन्न लागेको ६ मेगावाट आयोजनामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले संयुक्त लगानी गर्न लागेका हुन् । आयोजना १ अबर १२ करोड कुल लागतमा बन्न लागेको छ । 

जसमा आयोजना कम्पनीले ३५ प्रतिशत र ६५ प्रतिशत लगानी दुई बैंकले गर्ने भएका छन् । ६५ प्रतिशतलाई सय प्रतिशत मानेर राष्ट्रिय वाणिज्य बैंकले ६० प्रतिशत र कृषि विकास बैंकले ४० प्रतिशत लगानी गर्ने भएका छन् ।

वित्तिय व्यवस्थापन सम्बन्धी सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरण कुमार श्रेष्ठ र कृषि विकास बैंकका सिईओ अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने कम्पनीको तर्फबाट जुद्धबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया