सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज ब्लूचिप फण्डको नाफा घट्यो, कुनको कति ?

२ बर्ष अगाडि

काठमाडौं, सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड  र सनराइज ब्लूचिप फण्डले असार मसान्तसम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेका छन् ।

सनराइज फर्स्ट म्युचुअल फण्डको नाफा जेठ मसान्तको तुलनामा असार मसान्तमा ४ प्रतिशतले घटेको छ। जेठ मसान्तसम्ममा रू. ८० करोड ३ लाख९७ हजार नाफा कमाएको उक्त फण्डको नाफा असार मसान्तमा रू. ७६ करोड ८१ लाख २८ हजारमा सीमित भएको हो । एनएभी रू १९.५८ रहेको  सनराइज फर्स्ट म्युचुअल फण्डको  एनएभी घटेर असार मसान्तमा रू १९.२१ कायम भएको छ ।

त्यसैगरी जेठ मसान्तसम्ममा रू.९३ लाख २६ हजार नाफा कमाएको सनराइज ब्लूचिप फण्डको नाफा असार मसान्तमा भने नाफा रू. ६८ लाख ९३ हजारमा सीमित भएको छ । जेठ महिनामा एनएभी रू. १०.०७ रहेकोमा असार महिनामा घटेर रू.१०.०६ मा कायम भएको हो ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया