फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने अवधि थप, कहिले सम्म ?

आइतबार, १७ साउन २०७८, ०८ : ४०

काठमाडौं - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरमा बोलपत्र पेश गर्ने अवधि थप गरेको छ । साउन १३ गतेदेखि लिलामीमा ल्याएको उक्त शेयरमा बोलपत्र पेश गर्ने अवधि एक साता थप गरेको हो । 

कम्पनीले १ लाख कित्ता संस्थापक शेयर साउन १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी विक्रीमा ल्याएको थियो । उक्त अविधिभित्र आवेदन नपरेकाले साउन २४ गतेसम्मको मिति कम्पनीले तय गरेको हो । 

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३४५ तोकिएको छ । बोलपत्र पेश गर्दा तोकिएको मूल्या वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

विक्री प्रबन्धक बि।ओ।के क्यापिटल लिमिटेड रहेको छ ।

आइतबार, १७ साउन २०७८, ०८ : ४०

प्रतिक्रिया