राष्ट्र बैंकले ५ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने, बोलकबोल भोलि

आइतबार, १७ साउन २०७८, १६ : ३३

काठमाडौं - नेपाल राष्ट्र बैंकले ५ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ र १८२ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । 

९१ दिनको ट्रेजरी बिल कार्तिक १६ गते परिपक्क हुनेछ । भने १८२ दिनको ट्रेजरी बिल माघ १८ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल भोलि दिउँसो ३ बजे बोलकबोल भएर साउन १९ गते बिक्री हुनेछ ।

आइतबार, १७ साउन २०७८, १६ : ३३

प्रतिक्रिया