काठमाडौं - ज्योति विकास बैंक लिमिटेडले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ ।
बैैंकले शुन्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत योजना सार्वजनिक गरेको होे ।
बचत सँगसँगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै निस्शुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क, मेरोसेयर रजिस्ट्रेशन, निस्शुल्क सि-आस्वा, निस्शुल्क मोबाईल बैंकिङ्ग सेवा, निस्शुल्क इन्टरनेट बैंकिङ्ग सेवा र निस्शुल्क डेबिट कार्ड सुविधाहरु पाउने छन् ।
यसका साथै, बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधाको वार्षिक सेवा शुल्कमा ५० प्रतिशत छुट र धितो रकममा ३० प्रतिशत छुटको सुविधाहरु पनि रहेका छन् ।
ज्योति स्मार्ट सेभिङ्ग्स खाता बैंकको सम्पूर्ण १०५ शाखाहरु र अनलाइन मार्फत् पनि खोल्न सकिनेछ।
प्रतिक्रिया