कुमारी बैंकको एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवा पक्राउ

आइतबार, १७ साउन २०७८, १८ : ३४

काठमाडौं - दाङ घोराही बजारमा रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १३ मंलेरीका १८ वर्षीय सुवास विक र सोही वडाको सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

उनीहरूले यही साउन १२ गते राति घोराही १५ सहिद गेट नजिकै रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेका थिए । 
 

आइतबार, १७ साउन २०७८, १८ : ३४

प्रतिक्रिया