आरएसडिसी लघुवित्तले ९ करोड १० लाख खुद नाफा कमाउदा ईपीएस कति ?

सोमबार, १८ साउन २०७८, ०७ : ५४

काठमाडौं - आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिकांश सूचकमा सामान्य सुधार भएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

असार मसान्तसम्ममा लघुवित्तले ९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.४६ प्रतिशत बढी हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५.४१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १८.४७ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ९ प्रतिशत बढेको छ भने जगेडा कोष ४।६४ प्रतिशत बढेको छ । 

त्यसैगरी, लघुवित्तको सापटी २२.३४ प्रतिशत र कर्जा २२.३४ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ७० पैसा बढेर १२ रुपैयाँ ४४ पैसा कायम भएको छ । 

उक्त अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६९.६८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा रहेको छ ।

सोमबार, १८ साउन २०७८, ०७ : ५४

प्रतिक्रिया