समिट लघुवित्तको खुद नाफा २०१.६३ प्रतिशत बढ्दा नयाँ सारथीको २६७.०३ प्रतिशत बृद्धि, प्रतिशेयर आम्दानी कति ?

सोमबार, १८ साउन २०७८, ०८ : ३२

काठमाडौं - समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । असार मसान्तसम्ममा लघुवित्तले ११ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०१.६३ प्रतिशत बढी हो 
 ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२.७० प्रतिशत बढेको छ अन्य सञ्चालन आम्दानी ३२३ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा २०४.४५ प्रतिशत बढेको छ  ।अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस १४ रुपैयाँ ७६ पैसा बढेर ३० रुपैयाँ ३८ पैसा कायम भएको छ । 

उक्त अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५५.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ २५ पैसा रहेको छ । साथै नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

असार मसान्तसम्ममा लघुवित्तले १० करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६७.०३ प्रतिशत बढी हो । लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक भएपनि उल्लेख्य खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्त नाफामा पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २१०.९१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३८ करोड ९६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । असार मसान्तसम्ममा लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ५७ करोड ९० लाख रुपैयाँ छुट्याएको छ भने ५६ करोड ६० लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ ८ पैसा बढेर ४१ रुपैयाँ ५१ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४४.९३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ६७ पैसा रहेको छ । लघुवित्तको निष्क्रिय कर्जा १.१४ प्रतिशतबाट बढेर ३.८ प्रतिशत पुगेको छ ।

सोमबार, १८ साउन २०७८, ०८ : ३२

प्रतिक्रिया