युनियन लाइफको रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

सोमबार, १८ साउन २०७८, १२ : ५८

काठमाडौं - युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

कम्पनीको सञ्चालक समितिको बैठकले यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा  नियुक्ती गरेको हो ।

अब उप्रान्त कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू प्रभु क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

सोमबार, १८ साउन २०७८, १२ : ५८

प्रतिक्रिया