आज देखी मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

मंगलबार, १९ साउन २०७८, ०७ : ४९

मुक्तिनाथ विकास बैंकले आज (साउन १९) देखि  संस्थापक  शेयरको एक लाख ५ हजार ४१ कित्ता शेयर बिक्री खुला गरेको छ ।

लिलामी शेयरमा ईच्छुक बैंकका संस्थापक शेयरधनी वा योग्य जो कोहि व्यक्ति, कम्पनी तथा संघ संस्थाले भदौ २२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

 शेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।

लगानीकर्ताले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड, कमलादी काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

मंगलबार, १९ साउन २०७८, ०७ : ४९

प्रतिक्रिया