सूर्योदय लघुवित्तको नाफा  १४८.७४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

मंगलबार, १९ साउन २०७८, १० : ५५

काठमाडौं, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

विवरण अनुसार असार मसान्तसम्ममा लघुवित्तले १० करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४८.७४ प्रतिशत बढी हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४५.३१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छ। लघुवित्तले असार मसान्तसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा २५ करोड ५४ लाख रुपैयाँ छुट्याएको छ भने २५ करोड १३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १५.३५ बढेको छ भने जगेडा कोष ५८.१६ प्रतिशत बढेको छ। लघुवित्तको सापटी समीक्षा अवधिमा ३७.७९ प्रतिशत बढेको छ भने निक्षेप २४.३३ प्रतिशत र कर्जा ३७.७८ प्रतिशत बढेको छ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस २२ रुपैयाँ ८३ पैसा बढेर ४२ रुपैयाँ ५८ पैसा कायम भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४०.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ८५ पैसा रहेको छ।

मंगलबार, १९ साउन २०७८, १० : ५५

प्रतिक्रिया