छिमेक लघुवित्तको खुद नाफा १ अर्ब २१ करोड ५६ लाख, प्रतिशेयर आम्दानी कति ?

बुधबार, २० साउन २०७८, ०८ : ०४

काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब २१ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तले सार्वजनिक 
गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएकोे छ । 

विवरणका अनुसार उक्त खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७.२४ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी बढेसँगै खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७.७५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५१.८३ प्रतिशत बढेको छ । लघुवित्तले असार मसान्तसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा ५१ करोड १२ लाख रुपैयाँ छुट्याएको छ भने ५७ करोड १३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २२ बढेको छ भने जगेडा कोष ८४.२२ प्रतिशत बढेको छ । लघुवित्तको सापटी समीक्षा अवधिमा ५२.४२ प्रतिशत बढेको छ भने निक्षेप २०.२२ प्रतिशत र कर्जा २९.६१ प्रतिशत बढेको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस २५ रुपैयाँ १५ पैसा बढेर ६६ रुपैयाँ ४३ पैसा कायम भएको छ । 

सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ ८५ पैसा रहेको छ ।

बुधबार, २० साउन २०७८, ०८ : ०४

प्रतिक्रिया