काठमाडौं, राष्ट्रिय बीमा कम्पनीले कम्पनीले प्रधान कार्यालय तथा कम्पनीको शाखा तथा उप शाखाहरुका लागि रोजगारीको अवसर खुलाएको छ
कम्पनीले १ वर्ष करार अवधिका लागि रोजगारीको अवसर खुलाएको हो ।
कम्पनीले बाह्य स्रोतबाट सुरक्षकर्मी तथा सवारी चालक, माली, इलेक्ट्रिोसियन÷पलम्बर, सफाई कर्मचारी र कार्यालय सहयोगी आपूर्तिका लागि रोजगारीको अवसर खुलाएको हो ।
कम्पनीले कार्यालय सहयोगी ३५ जना, सफाइ कर्मचारी २ जना, माली १ जना, सुरक्षकर्मी २० जना, सवारीचालक ५ जना र इलेक्ट्रिोसियन÷पलम्बर १ जनागरी जम्मा ६४ जना कर्मचारीको गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको जनाएको छ ।
उक्त पदका लागि इच्छुक, सक्षम तथा योग्यता पुगेका दक्ष नेपालीले ३ हजार रुपैयाँ दस्तुर तिरी बोलपत्र फारम भर्न सक्नेछन् । बोलपत्र फारम भदौ १८ गते दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिन्छ ।
प्रतिक्रिया