बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ४८ अर्ब बढि पुनरकर्जा स्वीकृत, ४८ हजार बढि ऋणी लाभान्वित

बुधबार, २० साउन २०७८, १५ : १८

काठमाडौं - गत आर्थिक वर्षमा पुनरकर्जाबाट ४८ हजार बढि ऋणी लाभान्वित भएका छन् । गभर्नर महाप्रसाद अधिकारीका अनुसार ४८ हजार ८९० ऋणी पुनरकर्जाबाट लाभान्वित भएका छन् ।

बुधबार व्यवस्थापिका संसदको अर्थ समितिमा भएको चालु आवको मौद्रिक नीति सम्बन्धी छलफलमा २०७७ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ४८ अर्ब ७५ करोड रुपैयाँ पुनरकर्जा स्वीकृत गरिएको गभर्नर अधिकारीले जनकारी दिएका हुन् ।

गभर्नर अधिकारीका अनुसार राष्ट्र बैंकबाट स्वीकृत भएको कर्जामध्ये १ खर्ब २ अर्ब ९१ करोड रुपैयाँ लगानीमा रहेको छ । जसमध्ये १५ लाख रुपैयाँसम्मको लघु घरेलु तथा साना उद्यम पुनकर्जाबाट ३५ हजार ५५४ ऋणी लाभान्वित भएका छन् । 

गत आवमा २५ अर्ब रुपैयाँ बराबरको लघु घरेलु तथा साना उद्यम पुनकर्जा केन्द्रीय बै।कबाट स्वीकृत भएको उनले जानकारी दिए ।

बुधबार, २० साउन २०७८, १५ : १८

प्रतिक्रिया