सञ्चालक मरासिनीद्वारा न्यायाधीश के.सी.समक्ष शपथ

बुधबार, २० साउन २०७८, १७ : ३२

काठमाडौं, अर्थ मन्त्रालयका सचिव मधुकुमार  मरासिनीले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर के.सी.समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक  समितिको सदस्यको रूपमा पद तथा गोपनीयताको  शपथ लिएका छन् । 

साउन २० गते सर्वोच्च अदालतमा  आयोजित कार्यक्रममा न्यायाधीश के.सी.ले सचिव  मरासिनीलाई शपथ ग्रहण गराएका हुन ।  

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४  मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ ।  सोही ऐनको दफा १०८ मा बैंकका गभर्नर र  सञ्चालकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश  वा निजले तोकेको न्यायाधीशसमक्ष पद तथा  गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । 

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च  अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, गभर्नरको कार्यालयका निर्देशक मुक्तिनाथ  सापकोटालगायतको उपस्थिति रहेको थियो । 
 

बुधबार, २० साउन २०७८, १७ : ३२

प्रतिक्रिया