सनराइज बैंकद्धारा ३ वटा शाखारहित बैंकिङ्ग सेवा सुरु

बुधबार, २० साउन २०७८, १७ : ४७

काठमाडौं - सनराइज बैंकले ३ वटा शाखारहित बैंकिङ्ग सेवा बिस्तार गरेको छ । 

बैंकले कर्णाली प्रदेश, सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नं. १४, बयलकाँडामा ८२ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

त्यसैगरीे गत हप्ता बैंकलै सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नं.९ खैरीफाँटा ८० औं र कैलाली जिल्लाकै टिकापुर नगरपालिका वडा नं.०८, धनसिंहपुरमा ८१ औं गरि थप २ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखा रहित बैंकिङ्ग संख्या ८२ पुगेको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटिएम र ८२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

बुधबार, २० साउन २०७८, १७ : ४७

प्रतिक्रिया