'डिपोजिट कलेक्सन' उपकरणको प्रयोग गरी ४० अर्ब  खिच्दै राष्ट्र बैंक

बुधबार, २० साउन २०७८, १८ : ४९

काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेपछि डिपोजिट कलेक्सन’ उपकरणको प्रयोग गरी ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

अधिक तरलतालाई सन्तुलन कायम गर्नका लागि गत साता मात्रै निक्षेप संकलन उपकरण मार्फत २० अर्ब रुपैयाँ तानेको केन्द्रिय बैंकले थप ४० अर्ब रुपैयाँ संकलन गर्ने भएको हो ।

गत साउन १३ गते बुधबार दुई साताका लागि २० अर्ब रुपैयाँ निक्षेप उठाएको राष्ट्र बैंकले तरलता अझै बढेपछि उक्त निक्षेप परिपक्क नहुँदै पुनस् वित्तीय प्रणालीबाट रकम संकलन गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार अहिले वित्तीय प्रणालीमा ५३ अर्ब बढी अधिक तरलता रहेको छ ।

केन्द्रिय बैंकले साउन २१ गते बिहीबार निष्कासन गर्ने ४० अर्बको निक्षेप संकलन बजारको तरलता, डिपोजीट रेट तथा समग्र प्रणालीको अवस्थालाइ विश्लेषण गरेर खुला बजार सञ्चालन समितिले निष्कासन गर्न लागेको हो ।

केन्द्रिय बैंकले ७ दिनपछि पछि सावाँ तथा ब्याज भुक्तानी गर्ने गरी निष्कासन गर्न लागेको हो । सो वित्तीय औजारमा लगानी गर्ने संस्थाले पाउने ब्याजदरको सन्दर्भमा भने बोलकबोल माध्यमवाट निर्धारण हुनेछ । यसको साँवा ब्याज भुक्तानी साउन २८ गते बुधबार हुनेछ ।
 

बुधबार, २० साउन २०७८, १८ : ४९

प्रतिक्रिया