काठमाडौं - वैदेशिक रोजगार विभागले म्यादी बीमाका लागि सूचीकृत हुन अनुरोध गरेको छ । विभागले वैदेशिक रोजगारमा जाने नेपाली कामदारको म्यादी बीमा गर्न ईच्छुक जीवन बीमा कम्पनीलाई भदौ २ गतेसम्म सूचीकृत हुन आग्रह गरेको हो ।
विभागले विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीसँग आवद्ध हुन चाहने जीवन बीमा कम्पनीहरु तथा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई विभागमा सूचीकृत हुन अनुरोध गरेको हो ।
विभागका अनुसार तोकिए बमोजिमको बीमा प्रीमियम वापतको रकम कुनै सेवा शुल्क नलिई र नकटाई अनलाईन भुक्तानी प्रणालीमार्फत भुक्तानी सेवा प्रदान गर्न ईच्छुक संस्थालाई सो मितिमा बीमा समितिर नेपाल राष्ट्र बैंकबाट प्राप्त अनुमति पत्र र विगत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि लगाएतका आवश्यक कागजात सहित निवेदन दिनुपर्ने छ ।
प्रतिक्रिया