एकैदिन ग्लोबल आइएमई बैंकको ७ नयाँ शाखा सञ्चालनमा

बुधबार, २० साउन २०७८, १९ : ०३

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले आन एकै दिन सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिकाको सीतापाइला, बालाजु चोक र अशन, ललितपुर जिल्ला ललितपुर महानगरपालिकाको धोबीघाट र भैंसेपाटी, भक्तपुर जिल्ला ठिमी नगरपालिकाको गठ्ठाघर एवं धादिङ जिल्ला, निलकण्ठ नगरपालिको धादिङबेसीस्थित बीचबजारमा गरी एकैसाथ सात नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको हो । 

नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८० पुगेको छ ।  साथै बैंकले २४८ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिर सम्पर्क कार्यालय मार्फत आफ्ना २३ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बुधबार, २० साउन २०७८, १९ : ०३

प्रतिक्रिया