काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं वार्षिक साधारण सभा आज हुँदैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यलय, पानीपोखरी, काठमाडौंमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
त्यस्तै, सभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ । यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।
प्रतिक्रिया