गुराँस लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार, कर्जा लगानी कति ?

विहीबार, २१ साउन २०७८, ०७ : १९

काठमाडौं - गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१४.७७ प्रतिशत बढी हो ।

नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य सुधार भएको छ । सो अवधिमा लघुवित्तको यस्तो आम्दानी २२ रुपैयाँ १५ पैसा बढेर २६ रुपैयाँ ४६ पैसा पुगेको छ । 

खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै खर्च नियन्त्रण गर्न सफल भएका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६९.६२ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ६४.९० प्रतिशत र सञ्चालन मुनाफा ४९९.३८ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष ११७.०९ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको सापटी ३०.०३ प्रतिशत, निक्षेप ४५.७६ प्रतिशत र कर्जा लगानी ३९.४२ प्रतिशत बढेको छ।

विहीबार, २१ साउन २०७८, ०७ : १९

प्रतिक्रिया