स्वाभिमान लघुवित्तको जगेडा कोष ४६४.९२ प्रतिशत वृद्धि, खुद नाफा कति ?

विहीबार, २१ साउन २०७८, ०७ : २८

काठमाडौं - स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको  जगेडा कोष ४६४.९२ प्रतिशत बढेर ६ करोड ६९ लाख रुपैयाँ पुगेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

अघिल्लो आर्थिक वर्षमा लघुवित्तको यस्तो कोषमा १ करोड १८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा लघुवित्तको सापटी ६७.६३ प्रतिशत बढेको छ भने निक्षेप ३८.८७ प्रतिशत र कर्जा लगानी ४७.१६ प्रतिशत बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५५.३१ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५५.४३ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ४३.२८ प्रतिशत बढेको छ । सो अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ८९.१९ प्रतिशत बढेको छ ।

नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य सुधार भएको छ । सो अवधिमा लघुवित्तको यस्तो आम्दानी ३६ रुपैयाँ ९४ पैसा बढेर ६० रुपैयाँ ७३ पैसा पुगेको छ ।

विहीबार, २१ साउन २०७८, ०७ : २८

प्रतिक्रिया