फरवार्ड लघुवित्तको खुद नाफा १८०.७९ प्रतिशत बढी, प्रतिशेयर आम्दानी कति ?

विहीबार, २१ साउन २०७८, ०९ : २५

काठमाडौं - फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५७ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८०.७९ प्रतिशत बढी हो ।

लघुवित्तले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै कर्मचारी खर्च र अन्य सञ्चालन खर्च नियन्त्रण गरेका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६९.४६ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ७८.९० प्रतिशत र सञ्चालन मुनाफा १८०.१७ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष ५६.५७ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको सापटी ४५.१३ प्रतिशत, निक्षेप १८.६७ प्रतिशत र कर्जा लगानी ३४.२० प्रतिशत बढेको छ ।

नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य सुधार भएको छ । सो अवधिमा लघुवित्तको यस्तो आम्दानी ५९ रुपैयाँ १५ पैसा बढेर ९१ रुपैयाँ ८७ पैसा पुगेको छ ।

विहीबार, २१ साउन २०७८, ०९ : २५

प्रतिक्रिया