काठमाडौं - एनआईबिएल प्रगति फण्डले नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि बुकक्लोज मिति तोकेको छ ।
फण्डले नगद लाभांश वितरण गर्नको लागि श्रावण २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले श्रावण २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया