सेञ्चुरी बैंकका अध्यक्ष,संचालक तथा सम्बन्धित व्यक्तिको विरुद्ध भ्रामक समाचारप्रति बैंकको खेद व्यक्त

विहीबार, २१ साउन २०७८, ११ : ०९

काठमाडौं, सेञ्चुरी कमर्सियल बैंक र बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ, संचालक तथा सम्बन्धित व्यक्तिको विरुद्ध भ्रामक र कपोकल्पित समाचार केही अनलाइन संचार माध्यममा समाचार प्रेषित भएको प्रति बैंकको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता कपोकल्पित भ्रमपूर्ण समाचारप्रति बैंकले खेद व्यक्त गरेको छ ।

बैंकको बारेमा समाचार सम्पेषण गर्दा आवश्यक जानकारी लिइ तथ्य सत्यको आधारमा प्रकाशित गर्न समेत सम्पूर्ण संचारमध्यमहरुलाई अनुरोध गरेको छ । यस बैंकले विप्रेषण कारोबार गर्न मौरिससमा दर्ता भएको एम एण्ड रेमिटसँग विप्रेषण कारोबार गरेको र उक्त कम्पनीबाट असुली गर्नु पर्ने रकमका सम्बन्धमा बैंक र रेमिट कम्पनीबीचको सम्झौतामा विवादित विषय मध्यस्तकर्तासँगको पहलमा समाधान गरिने व्यवस्था बमोजिम उक्त असुलीको विषय हाल मध्यस्तकर्ता (-Arbitration Tribunal)सँगको समन्वयमा आवश्यक काम कारवाही अघि बढिरहेको र छिट्टैै यस मुद्धाको फैसला आउनेमा बैंक विश्वस्त समेत रहेको जानकारी गरएको छ । तसर्थ अदालती प्रक्रियामा रहेको र सुनुवाई हुँदै गरेको मुद्धामा अनावश्यक, कपोकल्पित र भ्रामक समाचार प्रेषित गर्नु निन्दनिय  र कानून संगत नहुनेसमेत सम्र्पूण सरोकारवालामा  बैंकले जानकारी गराएको छ ।  

विहीबार, २१ साउन २०७८, ११ : ०९

प्रतिक्रिया