काठमाडौं - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले आजबाट संस्थापक समूहको सेयर लिलाम बढाबढ गरि बिक्रीमा ल्याएको छ । संस्थाले आईसिएफसि फाइनान्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ३ लाख १९ हजार ४ सय १० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
उक्त सेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले भदौ २४ गतेसम्म न्युनतम एक हजार कित्तादेखि अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ ।
प्रतिक्रिया