काठमाडौं, बिहीबार एनएलजी इन्स्योरेन्स कम्पनीको सम्पन्न १५ औँ वार्षिक साधारण सभाले कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।
काठमाण्डौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने १० करोड ९६ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने करको लागि ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार रुपैयाँ नगद वितरण गर्ने लाभांश पारित गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५०० रुपैयाँ छ । १० प्रतिशतका दरले १० करोड ९६ लाख ३७ हजार ५५० रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ पुग्नेछ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन छलफल गरी पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण छलफल लगायतका प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया