काठमाडौं - आइसिएफसि फाइनान्स लिमिटेडले पुरानो लाभांश संकलन गर्न अनुरोध गरेको छ । फाइनान्सले पुरानो लाभांश संकलन नगरेका आफ्ना शेयरधनीलाई संकलन गर्न अनुरोध गरेको हो ।
फाइनान्सले साधारण सभाहरुबाट पारित भएर विगत पाँच वर्षभन्दा पुरानो लाभांश रकम लिन बाँकी रहेका शेयरधनीलाई उक्त लाभांश अविलम्ब संकलन गर्न भनेको हो ।
सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र कम्पनीको प्रशासन विभागमा सम्पर्क गरी लिन लभांश संकलन गर्नसकिने फाइनान्सले जनाएको छ ।
प्रतिक्रिया