शेयरधनीलाई पुरानो लाभांश संकलन गर्न एनएमबि र महालक्ष्मी विकास बैंकको आग्रह

विहीबार, २१ साउन २०७८, १५ : २७

काठमाडौं - एनएमबि बैंक र महालक्ष्मी विकास बैंकले आफ्ना शेयरधनीलाई पुरानो लाभांश संकलन गर्न अनुरोध गरेका छन् ।

दुबै बैंकले सूचना जारी गर्दै पुराना लाभांश संकलन गर्न अनुरोध गरेका हुन् । एनएमबि बैंकले साविकका कञ्चन डेभलपमेण्ट बैंकका शेयरधनीलाई आव २०६९.७० देखि लाभांश संकलन गर्न बाँकी रहेको लाभांश संकलन गर्न भनेको हो । 

बैंकले साउन १९ देखि ३५ दिनभित्र लाभांश संकलन नगरे लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत स्पष्ट पारेको छ । 

यसैगरी महालक्ष्मी विकास बैंकले पनि साविक मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स, यती फाइनान्स, सिद्धार्थ फाइनान्स र भ्याली फाइनान्सको विभिन्न साधारण सभाबाट पारित भएका पुरानो लाभांश संकलन गर्न शेयरधनीलाई अनुरोध गरेको छ ।

कम्पनीले हालसम्म लाभांश बुझिलिन बाँकी रहेका लाभांशपूर्जाहरु समयमा नै कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा सम्पर्क राखी लिन अनुरोध गरेको छ ।

विहीबार, २१ साउन २०७८, १५ : २७

प्रतिक्रिया