लक्ष्मी उन्नति कोषको लाभांश इकाइधनीको खातामा

विहीबार, २१ साउन २०७८, १६ : ३४

काठमाडौं - लक्ष्मी उन्नति कोषले लाभांश वितरण गरेको छ ।

म्युचुअल फण्ड योजना व्यवस्थापक लक्ष्मी क्यापिटलले साउन १९ गते मंगलबारदेखि इकाइधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न थालेको हो ।

लक्ष्मी म्युचुअल फण्डद्वारा सञ्चिालित लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०७७/७८ को लागि इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । 

हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा आईपीएस मार्फत सिधै लाभांश जम्मा गरिदिएको हो ।

विहीबार, २१ साउन २०७८, १६ : ३४

प्रतिक्रिया