काठमाडौं - बीमा कम्पनीले आर्थिक वर्ष सकिएको १० महिनाभित्रमा वार्षिक साधरण सभा सम्पन्न गरिसक्नु पर्ने भएको छ ।
समितिले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीलाई प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा १० महिना भित्र लेखा परिक्षण प्रतिवेदन पेश गरी वार्षिक साधरण सभा सम्पन्न गरिसक्न निर्देशन दिएको हो ।
तोकिएको समयमा भने बमोजिम नगरेमा वित्तीय विवरण स्वीकृतमा कठिनाई हुने समेत समितिले चेतावनी दिएको छ ।
प्रतिक्रिया