काठमाडौं - सिद्धार्थ क्यापिटलको सिद्धार्थ म्युचुअल फण्ड अन्तरगत सञ्चालित दुई फण्डले लाभांश घोषणा गरेका छन् । फण्डहरुले गत आर्थिक वर्षको कमाइबाट इकाइधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।
सिद्धार्थ इक्वीटि फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीलाई ३०/३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
यस अनुसार सद्धार्थ इक्वीटि फण्डले इकाइधनीहरुलाई ४५ करोड रुपैयाँ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले ३६ करोड रुपैयाँ लाभांश वितरण गर्ने भएका छन् ।
प्रतिक्रिया