काठमाडौं - नेपाली धितोपत्र बजारमा हालसम्मकै ठूलो आईपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ८३ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२६ प्रतिशत कम हो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेपनि गैरसञ्चालन आम्दानी घटेका कारण खुद नाफा घटेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७.९२ प्रतिशत बढेको छ । बैंकको गैर सञ्चालन आम्दानी भने १० करोड ८५ लाख रुपैयाँबाट घटेर ७४ लाखमा सीमित भएको छ। जसका कारण खुद नाफा घट्न पुगेको हो ।
खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ८८ पैसा घटेर ४ रुपैयाँ १८ पैसामा सीमित भएको छ ।
प्रतिक्रिया