काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरिएको छ । साउन ७ गतेबाट साउन १२ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको उक्त ऋणपत्र बाँडफाँड गरेको हो ।
निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार उक्त अवधिभर रितपूर्वक प्राप्त आवेदनहरू प्रशोधन गर्दा सर्वसाधारणका लागि माग बमोजिम र व्यक्तिगत तवरबाट प्राप्त आवेदनको हकमा समानुपातिक रूपमा बिहीबार बाँडफाँड गरिएको हो ।
बैंकले ७ वर्ष अवधिको ८.७५ प्रतिशत व्याजदर भएको ‘मुक्तिनाथ डिबेञ्चररऋणपत्र २०८४/८५’ नाममा १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियो ।
जसमध्ये बैंकले ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट र ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरी सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।
प्रतिक्रिया