काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ५६ करोड ४७ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरणका अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ५६ करोड ४७ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २२१.४९ प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १७ करोड ५६ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले एक अर्ब ३१ करोड ८२ लाख ५७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा १७५।९३ प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ४७ करोड ७७ लाख ५६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । संस्थाको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६० पैसा बढेर ३२ रुपैयाँ ४६ पैसा पुगेको छ ।
प्रतिक्रिया