काठमाडौं ,नाडेप लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार लघुवित्तले १५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ८३६९.११ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले १८ लाख ५२ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । यस लघुवित्तको खुद ब्याज आम्दानी ८७.५७ प्रतिशतले र सञ्चालन नाफा २०७६.०५ प्रतिशतले बढेपछि नाफा ह्वात्तै बढेको हो ।
असारसम्म १ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेको नाडेपले ४ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल यसको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३६ करोड ७२ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ९९ पैसाले बढाएर ३८ रुपैयाँ ७५ पैसा पुर्याएको छ ।
प्रतिक्रिया