ग्लोबल आईएमई लघुवित्तको ७ वटा नयाँ शाखा बिस्तार

शुक्रबार, २२ साउन २०७८, ११ : ४८

काठमाडौं, पोखरा महानगरपालिका २६ स्थित विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ वटा शाखा कार्यालय बिस्तार गरेको छ । 

संस्थाले बांकेको ढकेरी शाखा, सप्तरीको छिन्नमस्ता शाखा, रोल्पाको त्रिवेणी शाखा, रुपन्देहीको बनगाई शाखा, ओखलढुङ्गाको लिखु शाखा, उदयपुरको चुहाडे शाखा तथा झापाको धुलाबारी शाखा गरी ७ वटा शाखा कार्यालय विस्तार गरेको हो । 

यी शाखासँगै लघुवित्त संस्थाको १०८ वटा शाखा कार्यालयहरुबाट थप सेवा प्रदान गर्न सुरु गरिसकेको छ ।  साथै, यस संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री सेवा दिने उद्देश्यले आईएमई–पे तथा ई–सेवासंग समन्वय गरी आफ्ना सदस्यहरुसंग आर्थिक कारोबार गर्न शुरु गरेको छ ।

शुक्रबार, २२ साउन २०७८, ११ : ४८

प्रतिक्रिया