आईएमई लाइफ इन्स्योरेन्सद्वारा मृतक बीमितका परिवारलाई एक करोड बीमाङक रकम भुक्तानी

शुक्रबार, २२ साउन २०७८, १६ : ४३

काठमाडौं - आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमाङ्क रकम भुक्तानी गरेको छ । कम्पनीले बीमित सूर्य बहादुर खड्काको मृत्यु बापत एक करोड बीमाङक रकम भुक्तानी गरेको हो ।

कम्पनीको प्रदेश नं. १ स्थित शाखा कार्यालय गाईघाटबाट २०७६ साल असार ३१ मा जीवन बीमा गरेका बीमितको २०७८ साल असार १५ गते उपचारका क्रममा प्रदेश नं. ०३, ललितपुर भैसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटलमा मृत्यु भएको थियो ।

उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले एक क्रार्यक्रममाझ बीमितकी श्रीमति सिर्जना खड्कालाई हस्तान्तरण गरेका हुन् । 

शुक्रबार, २२ साउन २०७८, १६ : ४३

प्रतिक्रिया