सहारा विकास बैंकले बोलायो संयुक्त साधारण सभा, के के छ एजेन्डा ?

शनिबार, २३ साउन २०७८, १० : २६

काठमाडौं - सहारा विकास बैंक लिमिटेडले संयुक्त साधारण सभा आह्वान गरेको छ । बैंकले एकैपटक आठौँ, नवौं र दशौँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

साउन २२ गते बसेको बैंकको संचालक समितिको बैठकले गरेको निर्णयानुसार सभा भदौं १२ गते शनिबार होटल कुसुम एण्ड पार्टी प्यालेस, मंगलावा, सर्लाहीमा बिहान १०स्३० बजे सुरु हुनेछ ।

सभाले सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने सम्बन्धि प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने प्रयोजनका लागि सम्पत्ति तथा दायित्वको मूल्यांकन लेखापरीक्षकबात सहारा विकास बैंक लिमिटेडको छल, अचल सम्पत्ति लगायतका प्रस्तावमा छलफल गरि पारित गर्ने छ । 

यसका साथै, सभाले तिन वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ ।

सभाले संचालक समितिको प्रतिनिधित्व गर्ने संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना संचालकहरुको निर्वाचन पनि गर्नेछ ।

शनिबार, २३ साउन २०७८, १० : २६

प्रतिक्रिया