नेप्सेमा सूचीकृत २३ म्युचुअल फण्डमध्ये १० फण्डद्धारा  लाभांश वितरण गर्ने निर्णय, कुनको कति ?

शनिबार, २३ साउन २०७८, ११ : १३

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २३ ओटा म्युचुअल फण्डमध्ये १० ओटा म्युचुअल फण्डले इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेका छन् । 

१० ओटै फण्डले गत आव २०७७/७८ को मुनाफाबाट इकाईधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेका हुन् ।  

१. लक्ष्मी उन्नति कोष
लक्ष्मी उन्नति कोषले आफ्ना इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश साउन १९ गतेदेखि खातामा पठाउन शुरु गरेको छ । यस फण्डको नगद लाभांश साउन १२ गतेसम्म कायम इकाईधनीले पाएका छन् । 

२. लक्ष्मी इक्विटी फण्ड
लक्ष्मी इक्विटी फण्डले ३५ प्रतिशत नगद लाभांश साउन २१ गतेदेखि इकाईधनीको बैंक खातामा पठाउन शुरु गरेको छ । साउन १४ गतेसम्म कायम इकाईधनीहरुले उक्त नगद लाभांश पाउनेछन् । 

३. एनआइबिएल प्रगाति फण्ड
एनआइबिएल प्रगाति फण्डले  आप्mना इकाईधनीहरुलाई ५० प्रतिशत इकाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फण्डले नगद लाभांश वितरणको लागि साउन २९ गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा साउन २८ गतेसम्मका कायम इकाईधनीले नगद लाभांश पाउनेछन् । 

४. एनआइबिएल सहभागिता फण्ड 
एनआइबिएल सहभागिता फण्डले आप्mना इकाईधनीहरुलाई ५० प्रतिशत इकाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  फण्ड  ले नगद लाभांश वितरणको लागि साउन २९ गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा साउन २८ गतेसम्मका कायम इकाईधनीले नगद लाभांश पाउनेछन् । 

५. एनआईबिएल समृद्धि फण्ड १ 
एनआईबिएल समृद्धि फण्ड १ ले आफ्ना इकाईधनीलाई ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । 

६. सिद्धार्थ इक्विटी फण्ड
सिद्धार्थ इक्विटी फण्डले ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फण्डले बुक क्लोजको मिति तय गरेका छैन । 

७. सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम
सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किमले ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोे छ ।  फण्डले बुक क्लोजको मिति तय गरेका छैन । 

८. एनआईसी एशिया ग्रोथ फण्ड
एनआईसी एशिया ग्रोथ फण्डले ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फण्डले बुक क्लोजको मिति तय गरेका छैन । 

९. एनआईसी एशिया ब्यालेन्स फण्ड
एनआईसी एशिया ब्यालेन्स फण्डले ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोे छ । फण्डले बुक क्लोजको मिति तय गरेका छैन । 

१०. कुमारी इक्विटी फण्ड
कुमारी इक्विटी फण्डले इकाईधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस नगद लाभांश वितरण प्रयोजनको लागि योजनाले बुक क्लोज साउन २५ गते गर्ने भएको छ । यस आधारमा साउन २४ गतेसम्मका कायम इकाईधनीले नगद लाभांश पाउनेछन् । 

शनिबार, २३ साउन २०७८, ११ : १३

प्रतिक्रिया