काठमाडौं - नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्मा २ अर्ब २९ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४.१७ प्रतिशत बढी हो।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएकोे हो । विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको छ ।
असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५० प्रतिशत घटेको छ ।
तर, बैंकको नेट फि कमिशन आम्दानी ९.३६ प्रतिशत र सञ्चालन मुनाफा ७४.६८ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको २७ करोड १५ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ । बैंकको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा १० रुपैयाँ ८१ पैसा बढेर २५ रुपैयाँ ४६ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ६५ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १७.१३ गुणा रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५।९९ प्रतिशत बढेको छ भने जगेडा कोष ४०.४८ प्रतिशत बढेको छ ।
प्रतिक्रिया