काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले लिलाम बढाबढमा ल्याएको अवितरित हकप्रद सेयरको बोलपत्र आज खोलिने भएको छ । कम्पनी साउन १३ गते बुधबार बाट लिलाम बढाबढमा ल्याएको होे ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आज साउन २४ गते बिहान ९ः३० क्यापिटलको केन्द्रिय कार्यलय हात्तिसार मार्ग, कमलादी काठमांडौमा बोलपत्र खोलिने छ ।
लगानीकर्ताले साउन १३ गतेबाट साउन २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गरेका थिए । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १०० रूपैयाँ तोकिएको थियो लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गरेका हुन् ।
प्रतिक्रिया