साउन ३१ सम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीले मात्र सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश पाउने

आइतबार, २४ साउन २०७८, ०८ : ०२

काठमाडौं - सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले बुकक्लोज मिति तय गरेका छन् ।

लाभांश प्रयोजनार्थ कम्पनीले साउन ३२ गते बुकक्लोज गर्ने निर्णय गरेको हो । त्यसैले साउन ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांश पाउने छन् । 

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूलाई ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

आइतबार, २४ साउन २०७८, ०८ : ०२

प्रतिक्रिया