इन्फिनिटी लघुवित्तको खुद नाफा १२ करोड ६० लाख बढि,  प्रतिसेयर आम्दानी कति ?

आइतबार, २४ साउन २०७८, ०८ : २०

काठमाडौं - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ करोड ६० लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो ।  

उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २६५ प्रतिशत भन्दा बढिले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ४ करोड ७४ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले एक अर्ब २७ करोड ५० लाख २ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ५६ प्रतिशत भन्दा बढिले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १५ करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

हालसम्म संस्थाको सञ्चालन नाफा पनि बढेर १८ करोड ६५ लाख ४८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाको सञ्चालन नाफा ७ करोड ५२ लाख ६७ हजार रूपैयाँ रहेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी एक अर्ब २६ करोड ६ लाख ५० हजार रूपैयाँ छ । संस्थाको जगेडा कोषमा १६ करोड ५८ लाख ७९ हजार रुपैयाँ पुगेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ६४ पैसा पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ३७ पैसा बढेर ३२ रुपैयाँ ४६ पैसा पुगेको छ । संस्थाको मूल्य आम्दानी अनुपात ३७।०३ गुणा रहेको छ ।

आइतबार, २४ साउन २०७८, ०८ : २०

प्रतिक्रिया