काठमाडौं - एनआईसी एशिया क्यापिटल लिमिटेडले ९ करोड ६० लाख रुपैयाँ बराबरको लाभांश पारित गर्ने विशेष प्रस्ताव सहित भदौ १३ गते आइतबार पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजे बोलाइको हो ।
मर्चेन्ट बैंकिङ क्षेत्रमै आव २०७७.७८ को साधारणसभा आह्वान गर्ने पहिलो कम्पनी एनआइसी एशिया क्यापिटलले आफ्नो चुक्ता पूँजीको ४८ प्रतिशत (कर सहित) लाभांश अनुमोदन गर्न लागेको हो ।
एनआईसी एशिया बैंकको पूर्ण स्वामित्व रहेकाले क्यापिटलले वितरण गर्ने सम्पूर्ण लाभांश बैंकले प्राप्त गर्नेछ । सभाले आर्थिक वर्ष २०७७.०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने लगायतका अन्य प्रस्तावहरु उपर छलफल गरि पारित गर्नेछ ।
प्रतिक्रिया