वैदेशिक मुद्रा सञ्चिति २१.९० अर्ब अमेरिकी डलरभन्दा बढी, चीनको मात्र कति ?

आइतबार, २४ साउन २०७८, ०९ : १९

काठमाडौं,  चालू वर्षको जुलाई महिनाको अन्तसम्म चीनको वैदेशिक मुद्रा सञ्चितिमा संलग्न रकम ३२ खर्ब ३५ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ । राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागले अगष्ट ७ तारिखमा दिएको तथ्याङ्क यस्तो देखाएको हो ।.

वैदेशिक मुद्रा सञ्चिति यस वर्षको जुन महिनाको तुलनामा २१ अर्ब ९० करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ । त्यस्तै वृद्धि दर ०.६८ प्रतिशतले बढेको छ।

राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागका प्रवक्ता वाङ छुनयीङले चीनको वैदेशिक मुद्रा बजारको माग र आपूर्ति सन्तुलित रहेको र बजारको भविष्य पनि स्थिर रहनसक्ने दावी गरेका छन्।

आइतबार, २४ साउन २०७८, ०९ : १९

प्रतिक्रिया