गरिमा विकास बैंक प्राप्ति प्रस्ताव पारित गर्न सहारा विकास बैंकले डाक्यो साधारण सभा, कहाँ र कहिले ?

आइतबार, २४ साउन २०७८, १० : ११

काठमाडौं,  सहारा विकास बैंक लिमिटेडले संयुक्त साधारण सभा भदौ १२ गते हुने भएको छ । कम्पनीले आठौँ, नवौं र दशौं वार्षिक साधारण सभा भदौ १२ गते हुने भएको हो ।

सभा होटल कुसुम एण्ड पार्टी प्यालेस, मंगलावा, सर्लाहीमा बिहान १०ः३० बजे शुरु हुने कम्पनीले बताएको छ । कम्पनीको साउन २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

साधारण सभाको प्रस्तावमा सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने सम्बन्धि प्रस्ताव पारित गर्ने रहेको छ । त्यसैगरी, सभाले सहारा विकास बैंक गरिमा विकास बैंकसँग प्राप्ति हुने प्रयोजनका लागि सम्पत्ति तथा दायित्वको मूल्यांकन लगायतका प्रस्तावमा छलफल गरी पारित गर्नेछ । 

बैंकको शेयरधनी दर्ता पुस्तिका साविक देव विकास बैंकसँग गाभ्ने  गाभिने प्रयोजनको लागि २०७४ जेठ २६ गतेदेखि रोक्का रहेकाले सो मितिको अघिल्लो दिनसम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

आइतबार, २४ साउन २०७८, १० : ११

प्रतिक्रिया