फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयरको लिलामीमा आवेदन दिने आज अन्तिम

आइतबार, २४ साउन २०७८, १० : ११

काठमाडौं - फर्स्ट माइक्रोफाइनान्सको ३ लाख १९ हजार ४१० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहकेको छ । 

आइसीएफसी फाइनान्सको स्वामित्वमा रहेको उक्त माइक्रोफाइनान्सको सेयर लिलामीमा आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 

यसमा न्यूनतम ३०० रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
 
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १००० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । 

लिलामीको बोलपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, हात्तिसार कमलादी काठमाडौंमा बुझाउन सकिनेछ ।v

आइतबार, २४ साउन २०७८, १० : ११

प्रतिक्रिया